काठमाण्डौ । कुमारी बैंकले ७५ हजार बढी कित्ता सेयर बिक्रीमा राखेको छ।
बैंकले संस्थापक समूहको ७५ हजार १८ कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयर संस्थापक सेयरधनी पुनम चन्द अग्रवालको नाममा रहेको छ।
हाल यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। इच्छुक सेयरधनीले ३५ दिनभित्र काठमाण्डौको नक्सालस्थित कुमारी क्यापिटल वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा खरिद आवेदन पेस गर्न सक्नेछन्।
तोकिएको समयभित्र खरिद आवेदन नपरेको खण्डमा संस्थापकभन्दा बाहिर सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।
10 hours ago
21 hours ago
21 hours ago
22 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago