काठमाण्डौ । कुमारी बैंक लिमिटेडले साँखुस्थित उग्रतारा माध्यमिक विद्यालयमा खानेपानी फिल्ट्रेसन प्रणाली जडान गरेको छ।

अत्यावश्यक भौतिक पूर्वाधारको अभावमा प्रभावकारी पठनपाठन हुन नसक्ने कुरालाई मध्यनजर गरी, उक्त विद्यालय व्यवस्थापनसँगको समन्वयमा सो फिल्ट्रेसन प्रणाली जडान गरिदिएको छ।

कुमारी बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका ध्यान केन्द्रित क्षेत्रहरुमा शिक्षा एक महत्वपूर्ण स्तम्भ रहेको छ । यस लक्ष्यअनुरुप राष्ट्रको दिगो बिकासको लागि जनताको जीवनमा परिवर्तन ल्याउन एक प्रेरक शक्ति शिक्षा रहेको छ।