काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमा सुधार हुने क्रम जारी नै देखिएको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर १५ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४७ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ। 

मंसिर १४ गतेसम्म कुल निक्षेप ४७ खर्ब ९१ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले एक दिनमा निक्षेप २ अर्ब रुपैयाँले बढेको छ। मंसिर १४ गते निक्षेप १ अर्ब रुपैयाँले बढेको थियो। 

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुको मंसिर १५ गतेसम्म कुल कर्जा लगानी ४५ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ। मंसिर १४ गतेसम्म कुल कर्जा लगानी ४५ खर्ब ७७ अर्ब रुपैयाँ रहेको थियो। यो एक दिनमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी २ अर्बले बढेको देखिन्छ। 

वाणिज्य बैंकहरुको निक्षेप भने यो एक दिनमा १ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर १४ गतेसम्म ४२ खर्ब २६ अर्ब रुपैयाँ रहेको कुल निक्षेप बढेर मंसिर १५ गतेसम्म ४२ खर्ब २७ अर्ब रुपैयाा पुगेको छ। 

यो एक दिनमा वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर मंसिर १४ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ६५ अर्ब रुपैयाँ रहेकोमा मंसिर १५ गतेसम्म बढेर ४० खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ। 

राष्ट्र बैंकका अनुसार मंसिर १५ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ९०.८८ प्रतिशत पुगेको छ। गत मंसिर १४ गतेसम्म औसत सीडी रेसियो ९०.८५ प्रतिशत रहेको थियो। 

अन्तरबैंक ब्याजदर भने ४.९८ प्रतिशतबाट घटेर ४.९७ प्रतिशतमा झरेको छ।