काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ३ अर्ब रुपैयाँले बढेको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर २१ गते एकैदिन निक्षेप ३ अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर २० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो। 

मंसिर २१ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी भने ३ अर्ब रुपैयाँले घटेर ४५ खर्ब ८५ अर्ब रुपैयाँमा झरेको छ। गत मंसिर २० गतेसम्म कुल कर्जा लगानी ४५ खर्ब ८८ अर्ब रुपैयाँ रहेको थियो। 

वाणिज्य बैंकहरुको निक्षेप पनि मंसिर २१ गते एकैदिन ३ अर्ब रुपैयाँले बढेको देखिन्छ। गत मंसिर २० गतेसम्म कुल निक्षेप ४२ खर्ब ३१ अर्ब रुपैयाँ रहेकोमा बढेर मंसिर २१ गतेसम्म ४२ खर्ब ३४ अर्ब रुपैयाँमा पुगेको छ। 

वाणिज्य बैंकहरुको कर्जा लगानी भने ३ अर्ब रुपैयाँले घटेको छ। गत मंसिर २० गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ७४ अर्ब रुपैयाँ रहेकोमा घटेर मंसिर २० गतेसम्म ४० खर्ब ७१ अर्ब रुपैयाँ झरेको छ। 

राष्ट्र बैंकका अनुसार मंसिर २१ गते बैंकहरुको औसत सीडी रेसियो घटेर ९०.८९ प्रतिशतमा झरेको छ। गत मंसिर २० गते बैंकहरुको औसत सीडी रेसियो ९१ प्रतिशत रहेको थियो। 

अन्तरबैंक ब्याजदर ४.९८ प्रतिशत रहेको छ।