काठमाण्डौ । पछिल्लो ५ दिनमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप थप ७ अर्ब रुपैयाँले बढेको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस ६ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४८ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ। गत पुस १ गतेसम्म बैंकहरुको कुल निक्षेप ४८ खर्ब ६ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले पछिल्लो ५ दिनमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ७ अर्ब रुपैयाँले बढेको हो। 

यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप थप ८ अर्ब रुपैयाँले बढेको छ। गत पुस १ गतेसम्म कुल निक्षेप ४२ खर्ब ३४ अर्ब रुपैयाँ रहेकोमा बढेर ४२ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। 

यस अवधिमा बैंक तथा वित्तीयको कर्जा लगानी भने ३ अर्ब रुपैयाँले मात्रै बढेको छ। गत पुस १ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब २ अर्ब रुपैयाँ रहेको थियो। पुस ६ गतेसम्म ४६ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ।

यसैगरी पुस ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ। गत पुस १ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ८५ अर्ब रुपैयाँ रहेको थियो। यो अवधिमा वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। 

बैंकहरुको औसत सीडी रेसियो भने पुस ६ गतेसम्म ९१.१४ प्रतिशत नै रहेको छ। गत पुस १ गतेसम्म औसत सीडी रेसियो ९१.१४ प्रतिशत नै थियो। 

पुस ६ गतेसम्म अन्तरबैंक ब्याजदर भने बढेर ४.९८ प्रतिशत पुगेको छ। गत पुस १ गते अन्तरबैंक ब्याजदर ४.८६ प्रतिशत रहेको छ।