काठमाण्डौ। बैंकहरुको औसत सीडी रेसियो ९० प्रतिशतमुनि झरेको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार जेठ २२ गते बैंकहरुको औसत सीडी रेसियो ९० प्रतिशत झरेको छ। यो दिन औसत सीडी रेसियो ८९.९६ कायम भएको छ। जेठ २३ मा पनि औसत सीडी रेसियो ९० प्रतिशत मुनि नै रहे पनि अघिल्लो दिनको तुलनामा थोरै बढेर ८९.९९ कायम भएको छ।
जेठ २३ मा बैंकहरुको कुल निक्षेप अघिल्लो दिनको तुलनामा २ अर्ब रुपैयाँले घटेर ४९ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको छ। यो वाणिज्य बैंकहरुको कुल निक्षेप पनि अघिल्लो दिनको तुलनामा २ अर्ब रुपैयाँले घटेर ४३ खर्ब ८७ अर्ब रुपैयाँ कायम भएको छ।
उता बैंकहरुको कर्जा लगानी पनि अघिल्लो दिनको तुलनामा १ अर्ब रुपैयाँले घटेर ४७ खर्ब २० अर्ब रुपैयाँमा झरेको छ। वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ८९ अर्ब रुपैयाँमा झरेको छ।
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago