काठमाण्डौ । विभिन्न बैंक तथा बित्तीय संस्थाहरुले जागिरको बग्रेल्ती अफर खुलाएका छन् । बुधबार एक वाणिज्य बैंक, २ विकास बैंक र १ माइक्रोफाइनान्स कम्पनीले दर्जनौका लागि जागिरको अवसर खुलाएका छन् । 

एनआइसी एशिया बैंकले काठमाण्डौ र बाहिरका शाखा कार्यालयका लागि केही ब्राञ्च म्यानेजर, केही सेमी क्वालिफाइड चार्टर्ड अकाउण्टेन्ट र केही संख्यामा ट्रेनी कर्मचारी मागेको छ । बैंकले प्रकाशन गरेको सूचना यस्तो छ:

राष्ट्रिय स्तरको लुम्बिनी विकास बैंकले चारवटा पदमा दर्जनौ कर्मचारी मागेको छ । केही संख्यामा सिनियर अफिसर, केही अफिसर, केही जुनियर अफिसर र केही म्यानेजमेन्ट टेनी माग गरिएको छ । लुम्बिनी बैंकको कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस्तो छः

उता, देवः विकास बैंकले केही ब्राञ्च म्यानेजर मागेको छ । बैंकको सूचना यस्तो छः

यता, बुद्धज्योति लघुवित्त वित्तीय संस्थाले ५ पदमा दर्जनौ कर्मचारी मागेको छ । एकजना प्रबन्धक, एकजना लेखा अधिकृत, केही सहायक अधिकृत, केही वरिष्ठ सहायक र केही सहायक(प्रशिक्षार्थी)तर्फ कर्मचारी माग गरिएको छ । यो माइक्रोफाइनान्स कम्पनीले प्रकाशित गरेको आवश्यकता सम्बन्धी सूचना यस्तो छः