काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ४ अर्ब ३१ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक अवकाश कोषअन्तर्गतको कर्मचारी सुुरक्षण कोष र उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। अवकाश कोषअन्तर्गतको कर्मचारी सुुरक्षण कोषमा १ अर्ब २७ करोड रुपैयाँ र उपदान तथा पेन्सन कोषमा ३ अर्ब ४ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ। सोही रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो।
कर्मचारी सुुरक्षण कोषमा रहेको रकममध्ये वाणिज्य बैंकहरुमा १ अर्ब १ करोड ६ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा १९ करोड ५ लाख रुपैयाँ र फाइनान्समा ६ करोड ३५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राखिने राष्ट्र बैंकले जनाएको छ। मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।
यसका लागि मंसिर २० गतेदेखि २३ गते बेलुुका ७ बजेसम्म बैंक तथा वित्तीय संस्थाले ब्याजदर प्रस्ताव पेस गर्नुपर्नेछ। यस्तो लगानी आउँदो पुस १ गतेदेखि २०८० मंसिर ३० गतेसम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।
यस्तै उपदान तथा पेन्सन कोषमा रहेको रकममध्ये वाणिज्य बैंकहरुमा २ अर्ब ४३ करोड २० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ४५ करोड ६० लाख रुपैयाँ र फाइनान्समा १५ करोड २० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राखिने राष्ट्र बैंकले जनाएको छ। मुद्दति निक्षेपका रुपमा राख्न चाहने बैंक तथा वित्तीय संस्थाले रकम खोली राष्ट्र बैंकमा मंसिर २३ गते बेलुुका ७ बजेसम्म ब्याजदर प्रस्ताव पेस गर्नुपर्नेछ।
यस्तो लगानी आउँदो पुस १ गतेदेखि २०८० मंसिर ३० गतेसम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।
7 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago