काठमाण्डौ । नेपाल राष्ट्र बैंकले करिब डेढ अर्ब रुपैयाँ बैंकहरुमा लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी बैंकको उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ४७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जनाएको हो।
राष्ट्र बैंकले उक्त कोषमा रहेको रकमध्ये १ अर्ब १७ करोड ६० लाख रुपैयाँ वाणिज्य बैंकमा, २२ करोड ५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र ७ करोड ३५ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा मुद्दति निक्षेपका रुपमा लगानी गरिने जनाएको छ।
यस्तो लगानी २०८० असार १ गतेदेखि २०८१ असार २ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।
इच्छुक बैंक तथा वित्त कम्पनीले मुद्दति निक्षेपका रुपमा लिन चाहेको रकम खोली आउँदो जेठ २४ गते बेलुका ७ बजेसम्म ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago