काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब ९३ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले बैंकको विभिनन कोषमा रहेको १ अर्ब ९३ करोड २६ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ५४ करोड ६२ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा २८ करोड ९८ लाख रुपैयाँ र फाइनान्समा ९ करोड ६६ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्नेछ।
मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यसका लागि चैत १२ गते राति १२ बजेसम्म बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा इमेलमार्फत ब्याजदर प्रस्ताव पेस गर्नुपर्नेछ।
यस्तो लगानी २०७९ वैशाख २ गतेदेखि २०८० वैशाख १ गतेसम्म ३६५ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।
यस्तो मुद्दति निक्षेपका रुपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुको राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको हुनुपर्नेछ।
त्यस्तै निष्क्रिय कर्जा (एनपीएल) कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्नेछ भने खुद तरलता सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।
यसैगरी रियल स्टेट कर्जा राष्ट्र बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्छ।
20 minutes ago
43 minutes ago
52 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago