काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाको निक्षेप एकैदिन ७ अर्ब रुपैयाँले बढेको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार माघ १३ गते बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ७ अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ। गत माघ १२ गतेसम्म कुल ४८ खर्ब ५१ अर्ब रुपैयाँ रहेको थियो।

यसैगरी यो एक दिनमा वाणिज्य बैंकहरुको निक्षेप पनि ७ अर्ब रुपैयाँले बढेको छ। गत माघ १२ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ९४ अर्ब रुपैयाँ रहेकोमा माघ १३ गतेसम्म बढेर ४३ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ।

माघ १३ गते बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने स्थिर देखिएको छ। गत माघ १२ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४६ खर्ब ६८ अर्ब रुपैयाँ रहेको थियो। माघ १३ गते पनि बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४६ खर्ब ६८ अर्ब रुपैयाँ नै रहेको छ। 

यसैगरी वाणिज्य बैंकहरुको कर्जा लगानी पनि माघ १३ मा स्थिर रहँदै ४१ खर्ब ४७ अर्ब रुपैयाँ नै रहेको छ। गत माघ १२ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ४७ अर्ब रुपैयाँ नै रहेको थियो।

बैंकिङ प्रणालीमा निक्षेप बढेसँगै औसत सीडी रेसियोमा पनि सुधार देखिएको छ। गत माघ १२ गते औसत सीडी रेसियो ९०.६० प्रतिशत रहेकोमा माघ १३ गतेसम्म घटेर ९०.४८ प्रतिशतमा झरेको छ। 

अन्तरबैंक ब्याजदर भने ५ प्रतिशत रहेको छ।