काठमाण्डौ । बैंकिङ प्रणालीमा ४ अर्ब रुपैयाँ निक्षेप बढेको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार माघ २१ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ४ अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ। गत माघ २० गतेसम्म कुल निक्षेप ४८ खर्ब ६९ अर्ब रुपैयाँ रहेको थियो।

वाणिज्य बैंकहरुको निक्षेप माघ २१ गते एकैदिन ४ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ। गत माघ २० गतेसम्म कुल निक्षेप ४३ खर्ब ७ अर्ब रुपैयाँ रहेको थियो।

माघ २१ गते बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने स्थिर देखिएको छ। गत माघ २० गते कुल कर्जा लगानी ४६ खर्ब ७१ अर्ब रुपैयाँ रहेकोमा माघ २१ गते पनि त्यति नै रहेको छ। 

वाणिज्य बैंकहरुको कर्जा लगानी पनि स्थिर नै रहेको छ। माघ २१ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ४९ अर्ब रुपैयाँ रहेको छ। माघ २० गते पनि ४१ खर्ब ४९ अर्ब रुपैयाँ नै थियो।

माघ २१ गते बैंकहरुको औसत सीडी रेसियो सामान्य रुपमा घटेर ९०.३० प्रतिशतमा झरेको छ। गत माघ २० गते औसत सीडी रेसियो ९०.३९ प्रतिशत थियो। 

अन्तरबैंक ब्याजदर भने बढेर ५.०३ प्रतिशत पुगेको छ।