काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत फागुन २० गते बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ७ अर्ब रुपैयाँले बढेको हो। योसँगै कुल निक्षेप ४८ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ। गत फागुन १९ गतेसम्म कुल निक्षेप ४८ खर्ब ८३ अर्ब रुपैयाँ रहेको छ।
यसैगरी यो दिन वाणिज्य बैंकहरुको निक्षेप पनि ७ अर्ब रुपैयाँले बढेको छ। गत फागुन १९ गतेसम्म कुल निक्षेप ४३ खर्ब १७ अर्ब रुपैयाँ रहेकोमा फागुन २० गतेसम्म बढेर ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको हो।
फागुन २० गते बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँले घटेको छ। गत फागुन १९ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ९४ अर्ब रुपैयाँ रहेकोमा फागुन २० गतेसम्म घटेर ४६ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको छ।
वाणिज्य बैंकहरुको कर्जा लगानी भने यो दिन २ अर्ब रुपैयाँ घटेको छ। गत फागुन १९ गते कुल कर्जा लगानी ४१ खर्ब ६८ अर्ब रुपैयाँ रहेकोमा फागुन २० मा घटेर ४१ खर्ब ६६ अर्ब रुपैयाँमा झरेको छ।
बैंकहरुको औसत सीडी रेसियो पनि घटेर फागुन २० गते ९०.२६ प्रतिशत कायम भएको छ। गत फागुन १९ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ९०.३९ प्रतिशत थियो।
फागुन २० गतेसम्म अन्तरबैंक ब्याजदर भने ६.९९ प्रतिशत रहेको छ।
16 minutes ago
39 minutes ago
48 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago