काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम बढ्दै गएको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत फागुन ३० गते एकैदिन बैंकिङ प्रणालीमा ८ अर्ब रुपैयाँले निक्षेप बढेको छ। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४९ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन २९ गतेसम्म कुल निक्षेप ४८ खर्ब ९३ अर्ब रुपैयाँ रहेको थियो।

उक्त दिन वाणिज्य बैंकहरुको निक्षेप पनि ५ अर्ब रुपैयाँले बढेको छ। फागुन ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप बढेर ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन २९ गतेसम्म कुल निक्षेप ४३ खर्ब २८ अर्ब रुपैयाँ रहेको थियो।

यसैगरी फागुन ३० मा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने २ अर्ब रुपैयाँले घटेको छ। गत फागुन २९ गते कुल कर्जा लगानी ४६ खर्ब ९८ अर्ब रुपैयाँ रहेकोमा फागुन ३० गते घटेर ४६ खर्ब ९६ अर्ब रुपैयाँमा झरेको छ। 

वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँ घटेको छ। गत फागुन २९ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ७० अर्ब रुपैयाँ रहेकोमा फागुन ३० गतेसम्म घटेर ४१ खर्ब ६९ अर्ब रुपैयाँमा झरेको छ। 

बैंकहरुको औसत सीडी रेसियोमा सामान्य सुधार आउँदै फागुन ३० मा ९०.४७ प्रतिशत कायम भएको छ। गत फागुन २९ गते औसत सीडी रेसियो ९०.५६ प्रतिशत रहेको थियो।

फागुन ३० मा अन्तरबैंक ब्याजदर ६.९९ प्रतिशतमा झरेको छ। गत फागुन २९ गतेसम्म अन्तरबैंक ब्याजदर ७.०२ प्रतिशत थियो।