काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन १३ अर्ब रुपैयाँ थपिएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हिजो चैत १० गते एकैदिन बैंक तथा वित्तीय संस्थामा १३ अर्ब रुपैयाँ थपिएको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ। गत चैत ९ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ८२ अर्ब रुपैयाँ रहेको थियो।

चैत १० गते एकैदिन वाणिज्य बैंकहरुको निक्षेप १२ अर्ब रुपैयाँले बढेको छ। गत चैत ९ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब १३ अर्ब रुपैयाँ रहेकोमा चैत १० गते बढेर ४३ खर्ब २५ अर्ब रुपैयाँ पुगेको हो।

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी चैत १० गते १ अर्ब रुपैयाँले बढेको छ। गत चैत ९ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ९४ अर्ब रुपैयाँ रहेकोमा चैत १० गते बढेर ४६ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ।

वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँ बढेर ४१ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ। गत चैत ९ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ६६ अर्ब रुपैयाँ रहेको थियो।

निक्षेप बढेसँगै बैंकहरुको औसत सीडी रेसियो पनि घटेर चैत १० गते ९०.७५ प्रतिशतमा झरेको छ। गत चैत ९ गते औसत सीडी रेसियो ९०.९६ प्रतिशत थियो।

अन्तरबैंक ब्याजदर भने ६.९९ प्रतिशत रहेको छ।