काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन १५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। निक्षेप थपिने क्रम बढ्न थालेपछि बैंकहरुको सीडी रेसियो पनि ८९ प्रतिशतभन्दा तल झरेको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार १७ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १५ अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब २० अर्ब रुपैयाँ पुगेको छ।
गत असार १६ बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ५ अर्ब रुपैयाँ रहेको थियो।
यसैगरी यो एक दिनमा वाणिज्य बैंकहरुको निक्षेप पनि १४ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। गत असार १६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब १८ अर्ब रुपैयाँ रहेको थियो।
असार १७ मा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ३ अर्ब रुपैयाँले घटेको छ। गत असार १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४७ खर्ब ११ अर्ब रुपैयाँ रहेकोमा असार १७ गतेसम्म घटेर ४७ खर्ब ८ अर्ब रुपैयाँमा झरेको छ।
वाणिज्य बैंकहरुको कर्जा लगानी भने असार १७ गते २ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ७८ अर्ब रुपैयाँमा झरेको छ। गत असार १६ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेको थियो।
असार १७ गते बैंकहरुको औसत सीडी रेसियो घटेर ८८.८१ प्रतिशतमा झरेको छ। गत असार १६ गतेसम्म औसत सीडी रेसियो ८९.०८ प्रतिशत थियो।
बैंकहरुको अन्तरबैंक ब्याजदर भने ७ प्रतिशत रहेको छ।
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago