काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन १० अर्ब रुपैयाँ बाहिरिएको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन २४ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको निक्षेप १० अर्ब रुपैयाँले घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब २७ अर्ब रुपैयाँमा झरेको छ। गत साउन २३ गतेसम्म कुल निक्षेप ५० खर्ब ३७ अर्ब रुपैयाँ थियो।
यो एक दिनमा वाणिज्य बैंकहरुको १० अर्ब रुपैयाँ निक्षेप घटेको छ। गत साउन २३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ३८ अर्ब रुपैयाँ रहेकोमा साउन २४ गते घटेर ४४ खर्ब २८ अर्ब रुपैयाँमा झरेको छ।
साउन २३ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४६ खर्ब ९२ अर्ब रहेकोमा साउन २४ गते २ अर्बले बढेर ४६ खर्ब ९४ अर्ब रुपैयाँ पुुगेको छ।
निक्षेप घटेसँगै बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो बढेर साउन २४ मा ८८.०५ प्रतिशत पुगेको छ। गत साउन २३ गते औसत सीडी रेसियो ८७.८६ प्रतिशत थियो।
साउन २४ मा अन्तरबैंक ब्याजदर स्थिर रहेर ८.५० प्रतिशत नै कायम भएको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago