काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार भदौ १२ गते एकैदिन बैंकिङ ८ अर्ब रुपैयाँ निक्षेप थपिएको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ। गत भदौ ११ गतेसम्म कुल निक्षेप ५० खर्ब २२ अर्ब रुपैयाँ थियो।

भदौ १२ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप बढेर ४४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ४४ खर्ब २५ अर्ब रुपैयाँ थियो। वाणिज्य बैंकहरुको निक्षेप एकदिनमै ८ अर्ब रुपैयाँले बढेको छ। 

भदौ १२ गते बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको छ। गत भदौ ११ गतेसम्म कुल कर्जा लगानी ४७ खर्ब ५ अर्ब रुपैयाँ रहेकोमा भदौ १२ गतेसम्म घटेर ४७ खर्ब ४ अर्ब रुपैयाँमा झरेको छ। 

यो एक दिनमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ७२ अर्ब रुपैयाँमा झरेको छ। गत भदौ ११ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ७३ अर्ब रुपैयाँ रहेको थियो। 

निक्षेप थपिएसँगै बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियोमा सुधार आएको छ। गत भदौ ११ गतेसम्म औसत सीडी रेसियो ८८.३९ प्रतिशत रहेकोमा भदौ १२ गतेसम्म घटेर ८८.२५ प्रतिशतमा झरेको छ।