काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन ६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौ २७ गते बैंकिङ प्रणालीमा एकैदिन ६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ५० खर्ब ४७ अर्ब रुपैयाँ रहेको थियो।

भदौ २७ गते वाणिज्य बैंकहरुको मात्रै निक्षेप ६ अर्ब रुपैयाँले बढेको छ। गत भदौ २६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ४८ अर्ब रुपैयाँ रहेकोमा भदौ २७ गतेसम्म बढेर ४४ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ। 

राष्ट्र बैंकका अनुसार भदौ २७ गते बैंक तथा वित्तीय संस्थाहरुको थप १ अर्ब रुपैयाँ कर्जा लगानी प्रवाह भएको छ। गत भदौ २६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४७ खर्ब १६ अर्ब रुपैयाँ रहेकोमा भदौ २७ गतेसम्म बढेर ४७ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ। 

यो एक दिनमा वाणिज्य बैंकहरुको कुल कर्जा लगानी २ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन कुल कर्जा लगानी ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेको थियो। 

निक्षेप बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियोमा सामान्य सुधार आएको छ। गत भदौ २६ गतेसम्म औसत सीडी रेसियो ८८.१३ प्रतिशत रहेकोमा भदौ २७ गतेसम्म थोरै घटेर ८८.११ प्रतिशतमा झरेको छ। 

बैंकहरुको अन्तरबैंक ब्याजदर भने ८.५ प्रतिशत रहेको छ।