काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बिहीबार १० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ।
बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ।
वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो माघ १९ गते परिपक्व हुने यो रिपो आज दिउँसो २ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्।
यसअघि राष्ट्र बैंकले गत पुस १४ गते ४५ दिने ५० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो। यो रिपो यही माघ २९ गते परिपक्व हुनेछ।
तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी र स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन्।
8 hours ago
8 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago