काठमाण्डौ । महँगी नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले निरन्तर प्रमुख ब्याजदर बढाउँदै लगेको छ। आज बुधबार पनि फेडले ब्याजदरहरुबारे निर्णय गर्दैछ। अहिले सारा विश्व फेडको निर्णय पर्खिरहेका छन्। 

अहिले अमेरिकामा बैंकहरुले आर्थिक संकटको सामना गरिरहेका छन्। अमेरिकाका १८६ बैंकहरु जोखिममा छन्। अहिले ती बैंकहरु फेडको निर्णयको प्रतीक्षा गरिरहेका छन्।

टेक स्टार्टअपमा लगानी गर्ने अमेरिकाको सिलिकन भ्याली बैंक (एसभीबी) केवल ४८ घन्टामा डुबेको थियो। त्यसपछि सिग्नेचर बैंक बन्द भयो। क्रेडिट सुइस र फर्स्ट रिपब्लिक बैंकहरु डुब्न बचेका छन्। क्रेडिट सुइस अहिले यूबीएसमा विलय भएर सुरक्षित भएको छ। 

उता फर्स्ट रिपब्लिक बैंक डुब्ने सम्भावना धेरै थियो। तर, ५० प्रतिशत खसेपछि यो बैंकको सेयरभाउ फेरि अर्को दिन ५० प्रतिशतले बढेको छ। 

विज्ञहरु अमेरिकाको आक्रामक ब्याजदर वृद्धिका बारेमा चिन्तित छन्। यद्यपि सिलिकन भ्याली बैंक डुबेपछि विश्व पहिलोपटक फेडका अधिकारीहरुको निर्णयको पर्खाइमा छन्। आज हुने फेडको बैठक जेरोम पावेलको क्यारिअरको सबैभन्दा महत्वपूर्ण हुनेछ। 

केही विज्ञहरुको अनुमान छ कि महँगी नियन्त्रण गर्ने आफ्नो लडाइँमा फेडले ब्याजदरहरुमा ०.२५ प्रतिशतको बढोत्तरी गर्न सक्छ। तर, हाल बैंकिङ क्षेत्रमा देखिएको संकटलाई मध्यनजर गर्दै फेडले यसपालि ब्याजदर नबढाउने फैसला पनि गर्न सक्ने केही विज्ञहरुको तर्क छ। 

सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकको डुब्नुका कारण ब्याजदरहरुमा गरिएको वृद्धि हो। महँगी नियन्त्रण गर्न अमेरिकाले मार्च २०२२ देखि प्रमुख ब्याजदर बढाउँदै आक्रामक रुपमा बढेको छ। अहिलेसम्म यो ४.५ प्रतिशतले वृद्धि भइसकेको छ। –एजेन्सी