काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेडले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकलाई मोबाइल बैंकिङबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५% सम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ।

यस नगद फिर्ता योजना भोलि कात्तिक १ गते मंगलबारबाट आउँदो कात्तिक ६ गते आइतबारसम्म मात्र रहने बैंकले जनाएको छ। यस योजनाअन्तर्गत बैंकको मोबाइल बैंकिङमार्फत प्रथमपटक क्यूआर स्क्यान गरी कारोबार गर्ने ग्राहकले मात्र नगद फिर्ता पाउनेछन्। 

यस योजनाअन्तर्गत बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले नगद फिर्ताको लागि योजना अवधिको प्रथम कारोबार रकमको २५% वा रु. १५० सम्मको नगद फिर्ता पाउनेछन्। बैंकले यस योजनाबाट समग्र विद्युतीय कारोबारमा वृद्धि हुने विश्वास लिएको छ। 

बैंकले ग्राहक तथा सेधरधनीको उच्चतम लाभलाई ध्यानमा राखी विभिन्न समयमा ल्याएको विभिन्न ग्राहकमैत्री योजनाहरु तथा बैंकले अघिल्लो आर्थिक वर्षका नाफाबाट सेयरधनीलाई २०.९५% लाभांश वितरण गर्ने प्रस्ताव ल्याएको ग्राहकमा विदितै छ। बैंकले प्रास्तव गरेको उच्चतम लाभांशले ग्राहक तथा सेयरधनीको हितलाई बैंकले सधैँ आत्मसात गरी कार्यसम्पादन गरीरहेको अझै पुष्टि भएको छ।  

विद्युतीय कारोबारमा बैंकको ग्राहकलाई उत्प्रेरित गर्ने उद्देश्यले बैंकले विभिन्न ई–कमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरिरहेको र भविष्यमा पनि विभिन्न नगद फिर्ता तथा छुटको योजनाहरु ल्याई ग्राहकलाई लाभान्वित बनाउन बैंक प्रतिबद्ध रहेको छ। 

हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालय, ९८ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।