काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको २८ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९ को लाभांश पारित हुनुका साथै ग्लोबल आइएमई बैंकसँगको मर्जर प्रक्रिया पनि स्वीकृत गरेको छ।
आज काठमाण्डौको टुँडिखेलीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न सभामा बैंक सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठबाट प्रस्तुत प्रतिवेदन पारित गरेको भएको छ। सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार तयार गरिएको वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ।
सभाले २०७८–७९ सम्मको सञ्चित मुनाफाबाट २०७९ असार मसान्तसम्ममा बैंकको कायम भएको चुक्तापुँजीको ६ प्रतिशतका दरले बोनस सेयर र १४.९५ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने करसमेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ।
यसका साथै विशेष प्रस्तावहरुअन्तर्गत बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गरी मूल्यांकनकर्ताको सिफारिस गरेको सेयर स्वाप अनुपात १ः१ मा रहि मर्जरसम्बन्धी विषयमा सञ्चालक समितिबाट भएका निर्णयहरु सम्बन्धमा सम्पूर्ण प्रस्ताव सभाले पारित गरेको छ।
बैंकले हाल १०४ शाखा कार्यालय, ९४ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।
7 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago