काठमाण्डौ । बैंक अफ काठमाण्डूको साढे ९ लाख कित्ता बढी सेयर बिक्रीमा राखिएको छ।
बैंकले संस्थापक सेयरधनी भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्ट स्टोर प्रालिको नाममा रहेको ९ लाख ५२ हजार ७३० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ।
बिक्रीमा राखिएको सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
सेयर खरिदका लागि बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा उक्त सेयर कानुनबमोजिम बिक्री गरिने बैंकले स्पष्ट पारेको छ।
3 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago