काठमाण्डौ । ग्राहकको सेवालाई मध्यनजर गर्दै बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो मोबाइल बैंकिङ सेवालाई परिस्कृत गरेको छ।
यस परिस्कृत मोबाइल बैंकिङ सेवापश्चात ग्राहकलाई डिजिटल कारोबार गर्न अझ उत्साहित गर्ने विश्वास बैंकले लिएको छ। विश्व बैंकिङ बजारमा निकै नै परिचित यस ओमी च्यानल सेवा यस बैंकका खातावहाक ग्राहक तथा बैंकमा खाता नभएका सम्पूर्णले उपयोग गर्न सक्नेछन्।
यस परिस्कृत सेवाले हाल ग्राहकले अनुभव गरिरहेका विभिन्न समस्याको निवारण गर्ने बैंकले जनाएको छ। हाल बैंकहरुले ग्राहकलाई प्रदान गरेको मोबाइल बैंकिङ सेवा प्रयोग गर्न प्रयोगकर्ताले आफ्नो मोबाइलमा सम्बन्धित बैंकको एप डाउनलोड गर्नुपर्नेछ तर बैंकको परिस्कृत सेवा मोबाइल एपबाट मात्र नभई बिना एप पनि प्रयोग गर्न सकिनेछ।
यस परिस्कृत सेवाबाट ग्राहकले विभिन्न माध्यममार्फत विभिन्न बैंक खाताहरुमा खाता नम्बर वा मोबाइल नम्बर प्रयोग गरी रकमान्तर गर्न, विभिन्न वालेटहरुमा रकमान्तर गर्न, मोबाइल, इन्टरनेट, टेलिभिजन, विद्युत, खानेपानी, तथा टेलिफोन सेवाहरुको सेवा शुल्क भुक्तानी गर्न, ग्राहक आफ्नो खाताको विवरण हेर्न, बैंकका विभिन्न सेवाहरुका बारेमा विस्तृत जानकारी लिन, ग्राहकको समस्यालाई सम्बोधन गर्न बैंकको सम्बन्धित प्रतिनिधिसँग भेटका लागि समय मिलाउन, डिजिटल टोकन लिई आफ्नो तोकिएको समयमा सेवा उपयोग गर्न, आफ्नो पासवड भुलवस बिर्सिएमा आफैँले परिर्वतन गर्न, बैंकको शाखा कार्यालय तथा एटीएम सेवाहरुको जानकारी लिन, विदेशि विनिमय दरको जानकारी लिन आदि सेवाको उपयोग गर्न सकिनेछ।
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago