काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा श्रवण मास्के नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिको साउन ३१ गते बसेको बैठकले भदौ २ गतेदेखि लागू हुने गरी मास्केलाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। मास्के बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तको कार्यकाल भदौ १ गतेदेखि समाप्त भएकोले मास्केलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको बैंकका कम्पनी सचिव दीपक गौतमद्वारा विज्ञप्तिमा उल्लेख छ।
29 minutes ago
43 minutes ago
49 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago