काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीतिअन्तर्गत भक्तपुर अस्पताललाई १५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई), १५० प्याकेट मास्क र १५० प्याकेट मेडिकल पन्जाहरु हस्तान्तरण गरेको छ।

उक्त स्वास्थ्य सामग्री बैंकका हेड बिजनेस सेट १ थमनबहादुर खत्रीले भक्तपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुमित्रा गौतमलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन्। 

उक्त व्यक्तिगत सुरक्षात्मक उपकरणहरुले विश्वब्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसको प्रकोपबाट सिर्जना भएको कठिन परिस्थितिमा सीमित स्रोतसाधनका बीच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेको भक्तपुर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। 

बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।