काठमाण्डौ। आफ्नो डिजिटल कारोबार (क्यूआर कोड) विस्तारित गर्ने क्रममा बैंक अफ काठमाण्डू लिमिटेडले काठमाण्डौको ब्रिटिश कलेजमा डिजिटल भुक्तानी (क्यूआर कोर्ड) सेवा सञ्चालनमा ल्याएको छ। 

ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावक महानुभावहरुले मोबाइल बैंकिङमार्फत बैंक अफ काठमाण्डू बैंकको क्यूआर कोडको स्क्यान गरी आफ्नो कलेजको बिल सजिलै भुक्तानी गर्नसक्नेछन्। डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा बैंकले डिजिटल कारोबारका लागि रणनीतिक महत्व भएका स्थानहरु छनौट गरी क्यूआर कोड सेवा सञ्चालनमा ल्याइरहेको छ। 

यसै क्रममा बैंकले सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुको प्रभुख धार्मिकस्थल पशुपतिनाथ मन्दिर परिसर, कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजार, पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित लामो तथा छोटो दूरीको बसहरु, खाद्य स्टोर तथा पसलहरु, होटल तथा रेस्टुरेन्टहरु, हस्पिटलहरु तथा अन्य महत्वपूर्ण स्थानमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याइसकेको छ। ग्राहकले ती स्थानहरुमा बैंकको क्यूआर कोड स्क्यान गरी कारोबार गर्न सक्नेछन्। 

बैंकले ९० शाखा कार्यालय, ८१ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।