काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र काठमाण्डौ गेस्ट हाउसबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई कला संग्रहालयको प्रवेश शुल्कमा ५०% र अन्य सेवा तथा सुबिधाहरुमा १५% छुट उपलब्ध गराउने सम्झौता भएको छ।
यस सम्झौतापश्चात बैंकका ग्राहकले काठमाण्डौ गेस्ट हाउसको म्युजियम अफ नेपाली आर्टस प्रवेशमा शुल्कमा ५०% छुट पाउनेछन्। यसका साथै काठमाण्डौ गेस्ट हाउस समूहअन्तर्गत विभिन्न ७ स्थान काठमाण्डौ गेस्ट हाउस, ठमेल, माया मानोर बुटिक होटल, हात्तीसार, पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठ, मारुनी Sanctuary लज, चितवन, हिमालयन फ्रन्ट भ्यू होटल, पोखरा, वाटरफ्रन्ट रिसोर्ट, पोखरा तथा बुद्धमाया गार्डेन, लुम्बिनीमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १५% छुट पाउनेछन्। उक्त छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
काठमाण्डौ गेस्ट हाउस ग्रुपले विगत ५० वर्षदेखि देशको प्रमुख सहरहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आइरहेको छ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालय, ८० एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
10 hours ago