काठमाण्डौ । बैंक अफ काठमाण्डूले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिसम्म बैंकले ७१ करोड ९३ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले ७० करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा बैंकले खुद नाफा १.५२ प्रतिशतले बढाउन सफल भएको हो।
यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३६ करोड ४५ लाख रुपैयाँ रहेको छ।
बैंकको सञ्चालन मुनाफा ९.२१ प्रतिशतले घटेर ९३ करोड ३२ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब २ करोड रुपैयाँ थियो।
समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी बढेर १ अर्ब ६९ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब ५५ करोड रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिमा बैंकको रिजर्भको आकार ६.१७ प्रतिशत बढेर ५ अर्ब ८४ करोड रुपैयाँको उचाइको भएको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा ५ अर्ब ५० करोड रुपैयाँ रहेको थियो।
बैंकले यो अवधिसम्म १ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म पनि बैंकले १ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ८० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
समीक्षा अवधिमा बैंकले खराब कर्जा दर (एनपीएल) घटेर ०.८२ प्रतिशतमा सीमित बनाउन सफल भएको छ। गत वर्ष यही अवधिमा एनपीएल १.५२ प्रतिशत रहेको थियो। सीडी रेसियो ९२.६२ प्रतिशत रहेको बैंकको आधार दर ८.४५ प्रतिशत रहेको छ।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १३.५४ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा ईपीएस १४.५७ रुपैयाँ रहेको थियो।
पीई रेसियो २२.१६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५०.५० रुपैयाँ र तरलता अनुपात २१.६२ प्रतिशत रहेको छ।
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago