काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न हेफर नेपालसँग सम्झौता गरेको छ।
उक्त सम्झौताअनुसार बैंकले हेफर नेपालसँगको सहकार्यमा देशका विभिन्न स्थानहरुमा बैंकिङ क्षेत्रभन्दा बाहिर रहेकाहरुलाई बैंकिङ चेतना अभिवृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरी बैंकिङ पहुँचमा ल्याउने लक्ष्य रहेको छ।
उक्त कार्यक्रम सञ्चालनका लागि बैंक र हेफर नेपालको सहकार्यमा बैंकिङ तथा वित्तीय साक्षरतासम्बन्धी विभिन्न सन्र्दभ सामग्री निर्माण गरी यस कार्यक्रमलाई प्रभावकारी बनाउन बैंक र हेफर नेपाल प्रतिबद्ध रहेको छ।
सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलीप पोखरेल तथा हेफर नेपालको प्रमुख डा. शुभनाथ महतोले हस्ताक्षर गरेका छन्।
बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालय, ८५ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
9 hours ago