काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले हेल्पलाइन सेवा सुरु गरेको छ।
बैंकले आफ्नो ग्राहकलाई बैंकिङ कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुविधाहरुका बारेमा जानकारी दिन तथा सेवा सञ्चालनमा सहयोग गर्नका लागि हेल्पलाइन स्थापना गरेको छ। यस हेल्पलाइन सेवाअन्तर्गत ग्राहकले बैंकको कुनै पनि डिजिटल कारोबारहरुका बारेमा कुनै जिज्ञासा भएमा बैंकको सहयोग कक्षबाट फोन वा ई–मेलका माध्यमबाट सहयोग लिन सक्नेछन्।
बैंकको मोबाइल बैंकिङ (बीओके स्मार्ट), इन्टरनेट बैंकिङ (बीओके क्लिक), क्यूआर कोर्ड, डेबिट कार्ड, क्रेडिट कार्ड, एटीएम तथा पीओएसको कारोबारमा केही समस्या आएमा बैंकका ग्राहकले हेल्पलाइन नम्बर ०१–५९१९९११ वा ई–मेल ठेगाना जभउिष्लिभ२दयप।अयm।लउ बाट सीधै सहयोग लिन सक्नेछन्।
बैंकले सार्वजनिक गरेको यस हेल्पलाइन सेवाले ग्राहकको बैंकिङ कारोबारमा तथा डिजिटल कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ।
हालसम्म बैंकले ९७ शाखा कार्यालय, ८७ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
11 minutes ago
43 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago