काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र होटेल एडम पोखराबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई २०% छुट उपलब्ध गराउने सम्झौता भएको छ।
यस सम्झौतापश्चात बैंकका ग्राहकले होटेल एडम पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ २०% छुट पाउनेछन्। उक्त छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
होटेल एडमले सेन्टर पोइन्ट, लेकसाइड, पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।
हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालय, ८७ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
28 minutes ago
42 minutes ago
48 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago