काठमाण्डौ । बैंक अफ काठमाण्डूले १ अर्ब १० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। 

बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा यही वैशा २६ गते ऋणपत्र निष्कासनको अनुमति माग्दै निवेदन दिएको हो। सेबोनले अनुमति दिएमा बैंकले ‘बीओके डिबेन्चर २०८६’ नामक ऋणपत्र निष्कासन गर्नेछ। 

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ११ लाख इकाइ ऋणपत्र बिक्री गर्नेछ। कम्पनीले कुल इकाइमध्ये ६ लाख ६० हजार इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ र बाँकी ४ लाख ४० हजार इकाइ सर्वसाधारणमा जारी गर्नेछ। 

यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.५ प्रतिशत ब्याज पाउनेछने। 

बैंक अफ काठमाण्डूको यो ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।