काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले सम्पूर्ण ग्राहकलाई सहज बैंकिङ प्रदान गर्ने उद्देश्यले बैंकका गण्डकी प्रदेशअन्तर्गतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। 

बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारीमूलक तथा विभिन्न बैंकिङ सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता थियो। बैंकले आकर्षक विशेषताहरुसहित ४ गुणासम्मको प्रतिफल भएको ‘बीओके सुपर मुद्दति खाता’ सार्वजानीक गरेको थियो। उक्त ४ गुणासम्म प्रतिफल प्रदान गर्ने मुद्दति खातामा क्रेडिट कार्ड जारी शुल्कमा विशेष छुटको सुविधा, मौज्दात रकमको ९०% सम्म ऋणको सुविधासहित रु. २ लाखसम्मको क्रेडिट कार्ड सुविधा रहेको छ। 

यसका साथै ‘बीओके प्रिमियम प्लस बचत खाता’मा उच्चतम ब्याजदर ८.०३% को वार्षिक ब्याजदरसहित थुप्रै निःशुल्क सेवा समावेश गरी ग्राहकको फाइदालाई ध्यानमा राखी सार्वजनिक गरेको हो। 

बैंकको गण्डकी प्रदेशअन्तर्गतका बागलुङ, बेनी, दमौली, खैरेनीटार, पोखरा, सुदरबजार, पावरहाउस, बगर तथा वालिङलगायत शाखा कार्यालयहरुले आफ्नो नजिकको स्थानहरुमा घरदैलो कार्यक्रम गरी बैंकका नयाँ योजनाहरुका बारेमा जानकारी दिएका थिए। 

बैंकले १०३ शाखा कार्यालय, ९७ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।