काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र बायो डाइग्नोस्टिक प्याथ ल्याब नेपालबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई २५% छुट उपलब्ध गराउने सम्झौता भएको छ । 

यस सम्झौतापश्चात् ग्राहकले बायो डाइग्नोस्टिक प्याथ ल्याब नेपालमा उपलब्ध हुने स्वास्थ्यसम्बन्धी सेवाहरुमा एकमुष्ठ २५%को छुट पाउनेछन्। उक्त छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। 

बायो डाइग्नोस्टिक प्याथ ल्याब नेपालले ललितपुरको ग्वार्को र काठमाण्डौको सुकेधाराबाट सेवाग्राहीलाई ल्याबसम्बन्धी गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ।  

हालसम्म बैंकले १०३ शाखा कार्यालय, ९७ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।