काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहक समयसापेक्ष डिजिटल बैंकिङ सेवा तथा सुविधाहरु दिँदै आइरहेको र अझै परिस्कृत बनाउने सिलसिलामा बैंक र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिबाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ। 

यस सम्झौतापश्चात बैंकका कार्डबाहकले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्नेछन्। बैंकका कार्डबाहकले कार्ड लिंकपश्चात् मोको डिजिटल वालेटमार्फत विभिन्न भुक्तानी सेवाहरुको उपभोग गर्न मिल्नेछ। 

भुक्तानी सेवाहरुमा जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्मुत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको भुक्तानीलगायतका सेवाहरुको उपभोग मिल्नेछ। यसका साथै बैंकका कार्डबाहकले मोकोमार्फत स्क्यान गरी १ हजार ५०० भन्दा बढी मर्चेन्टहरुमा भुक्तानी गर्न मिल्नेछ। 

यससँगै बैंकका कार्डबाहकले आफ्नो कार्डको प्रयोग गरी विभिन्न सेवाहरुको भुक्तानी तुरुन्तै गर्न सक्नेछन्। यस सेवाको प्रयोग गर्न ग्राहकले मोको डिजिटल वालेटको एप गुगल प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गरी आफ्नो बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड लिंक गर्नुपर्नेछ।

हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालय, ९८ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।