काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंकले चीनमा मुद्दा जितेपछि मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टीबापतको सबै रकम मंगलबार फिर्ता पाएका छन्।
बैंक ग्यारेन्टीबापत रकम फिर्ता नहुँदा यी दुवै बैंकको ठूलो रकम १० वर्षदेखि फसेको थियो। दुवै बैंकले गत साउन १५ गते मुद्दा जितेका थिए। मुद्दा जितेको करिब तीन सातापछि उनीहरुले पैसा फिर्ता पाएका हुन्।
बैंक अफ काठमाण्डूले ६६ लाख २५ हजार १० अमेरिकी डलर र १४ लाख ११ हजार ४५३ युरो फिर्ता पाएको बैंकका सीईओ श्रवण मास्केले जानकारी दिए।
उता हिमालयन बैंकले ६६ लाख ५० हजार अमेरिकी डलर फिर्ता पाएको छ।
दुई वर्षअघि पनि दुवै बैंकले मुद्दा जितेका थिए। तर, त्यतिबेला मुद्दा हारेको पक्षलाई माथिल्लो अदालतमा जाने बाटो बाँकी थियो। यसपालि मुद्दा जितेपछि चाइना कन्स्ट्रक्सन बैंकले दुवै बैंकको पैसा फिर्ता गरिदिएको हो।
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago