काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको सम्पूर्ण एटीएमबाट मास्टरकार्ड प्रयोग गरी नगद निकाल्न तथा बैंकको पीओएसहरुमा मास्टरकार्ड प्रयोग गरी भुक्तानीहरु गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताले अबोपरान्त बैंकको जुनसुकै एटीएम तथा बैंकका पीओएस मर्चेन्टहरुमार्फत कारोबार गर्न सक्नेछन्।
बैंकको एटीएम तथा पीओएसहरुमा हाल भिसा र युनियन पे को नेटवर्कबाट जारी भएको कार्डहरुमात्र कारोबार गर्न मिल्ने थियो। यस सम्झौताले हाल प्रयोगमा भएका भिसा र युनियन पेसहित मास्टरकार्डको नेटवर्कबाट जारी भएका सम्पूर्ण कार्डहरुको भुक्तानी बैंकको सबै एटीएम तथा पीएसओका माध्यमबाट गर्न सकिनेछ।
यसका साथै उक्त सम्झौैताअनुसार बैंक अफ काठमाण्डूले मास्टरकार्डसँग सहकार्य गरी निकट भविष्यमा नै मास्टरकार्ड जारी गरी आफ्नो ग्राहकलाई मास्टरकार्ड उपलब्ध गराउने छ।
अबोपरान्त मास्टरकार्ड बाहक महानुभावहरुले बैंक अफले विभिन्न स्थानमा राखेको एटीएम तथा विभिन्न होटेल, रेस्टुरेन्ट, फिटनेस सेन्टर, स्टोर, अस्पताल, स्वास्थ्य क्लिनिक, इन्स्टिच्युटलगायत अन्य धेरै स्थानमा सेवा तथा सुविधापश्चात् आफूसँग भएको मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्न सक्नेछन्।
हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालय, ९७ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।
10 minutes ago
42 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago