काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके)ले आफ्नो २८ औँ वार्षिक साधारणसभा डोकेको छ।
बैंक सञ्चालक समितिको कात्तिक २७ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको टुडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट हुनेछ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७८–७९को मुनाफासमेतबाट चुक्तापुँजीको कुल २०.९५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) छन्।
सभाले बोनस सेयर जारी भएपश्चात बैंकको पुँजी वृद्धि हुने भएकोल सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ।
सोही सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ। सभाले डीडीएका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ स्वीकृत गर्नेछ।
सभाले दुवै बैंकबीचको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका विशेष दस्तावेजहरु अनुमोदन गर्नेछ।
मर्जर प्रयोजनका लागि बैंक सेयर कारोबार गत असारबाट रोक्का रहेको छ। यसथै असार १ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंक लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago