काठमाण्डौ । सरकारको बित्तीय पहुँच बिस्तारको नीतिलाई साकार रुप दिन बैंक तथा बित्तीय संस्थाहरुले आफ्नो सेवा बिस्तारको व्यापक बनाउन थालेपछि ठूलो संख्यामा रोजगारीको अवसर सिर्जना भएको छ । 

बैंक तथा बित्तीय संस्थामा काम गर्न चाहनेहरुका लागि पछिल्लो समयमा छानी छानी जागिरको अवसरहरु खुलिरहेका छन् । 

कतिपयले आफ्नै गाउँ ठाउँमा बिस्तार भई आएका बैंकका शाखाहरुमै रोजगारीको अवसर समेत पाएका छन् । 

पछिल्लो समय एनआइसी एशिया बैंक, सनराइज क्यापिटल र ग्लोबल आइएमई बैंकले जागिरको अवसर खुलाएका छन् । 

एनआइसी एशिया बैंकले ४ वटा पदका लागि केही जनशक्ति माग गरेको छ । बैंकले काठमाण्डौमा बसेर काम गर्ने गरी केही संख्यामा सिनियर म्यानेजर मागेको छ । यस्तै, सूचना प्रविधि र डिजिटल बैकिंग प्रमुखको रुपमा एकजना कर्मचारी मागिएको छ । मार्केटिंगका लागि एकजना हेड र एकजना टान्जेक्सन बैकिंग हेड समेत मागिएको छ । बैंकले प्रकाशन गरेको सूचना यस्तो छ:

यसैगरी, सनराइज बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमीटेडले समेत तीनवटा पदमा डेढदर्जन बढी कर्मचारी मागेको छ । 

यो कम्पनीले म्युुचुुअल फण्ड डिपार्टमेन्टका लागि म्यानेजर लेभलका केही, रिचर्स डिपार्टमेन्टका लागि केही, इन्भेष्मेन्ट बैकिंग डिपार्टमेन्टका लागि केही असिस्टेन्ट कर्मचारी मागेको छ । कम्पनीले प्रकाशन गरेको सूचना गरेको यस्तो छ :

यस्तै, ग्लोबल आइएमई बैंकले केही एक्जुुकेटिभ सेक्रेटरीहरुका लागि दरखास्त आह्वान गरेको छ । बैंकले प्रकाशित गरेको सूचना यस्तो छ: