काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरु निक्षेप मंसिर १ गते एकैदिन ८ अर्ब रुपैयाँले घटेको छ। जब कि कात्तिक ३० गते एकैदिन निक्षेप १० अर्ब रुपैयाँले बढेको थियो।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर १ गते एकैदिन ८ अर्ब रुपैयाँ निक्षेप घटेर बैंक तथा वित्तीय कुल निक्षेप ४७ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको छ। कात्तिक ३० गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४८ खर्ब १ अर्ब रुपैयाँ रहेको थियो।
यो एक दिन (मंसिर १ गते) मा वाणिज्य बैंकहरुको मात्रै निक्षेप ७ अर्ब रुपैयाँले घटेको छ। गत कात्तिक ३० गते भने वाणिज्य बैंकहरु निक्षेप ७ अर्ब रुपैयाँले बढेको थियो। कात्तिक ३० गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ३३ अर्ब रुपैयाँ पुगेकोमा मंसिर १ गते घटेर ४२ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ।
मंसिर १ गते वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँ बढेको छ। कात्तिक ३० गते भने वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको थियो। गत कात्तिक ३० गते वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब ३६ अर्ब रुपैयाँ रहेकोमा मंसिर १ गते बढेर ४० खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ।
मंसिर १ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी पनि २ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ। गत कात्तिक ३० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट ४५ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी भएको थियो।
निक्षेप घटेसँगै सीडी रेसियो फेरि ९० प्रतिशतभन्दा माथि पुगेको छ। कात्तिक ३० गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ८९.९१ प्रतिशत रहेकोमा मंसिर १ गते बढेर ९०.०८ पुगेको छ।
अन्तरबैंक ब्याजदर भने ४.९६ प्रतिशत रहेको छ।
21 hours ago
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
23 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago