काठमाण्डौ । आइतबार केही बैंक, बिमा, लघुवित्त संस्था लगायतले ठूलो संख्यामा जागिरको अवसर खुलाएका छन् । 

मेगा बैंक लिमीटेडले २ पदमा ८३ जनाका लागि फ्रेस जनशक्ति मागेको छ । यो बैंकले म्यानेजमेन्ट टेनीतर्फ ८ जना र टेनी असिस्टेन्टतर्फ ७५ कर्मचारी मागेको हो । काठमाण्डौ, नारायणगढ, नेपालगञ्ज र इटहरीमा रहेर काम गर्ने गरी यो जनशक्ति मागिएको हो । सम्बन्धित बिषयमा स्नातक गरेकाहरुले यी दुवै पदमा आवेदन दिनसक्नेछन् । बैंकले निकालेको सूचना पूर्ण विवरण यस्तो छ:

उता, संचालनको तरखरमा रहेको स्टार लाइफ इन्स्योरेन्सले चार पदका लागि कर्मचारी मागेको छ । यो बिमा कम्पनीले ७ वटा विभागमा प्रमुखको रुपमा रहेर काम गर्ने विभागीय प्रमुख मागेको छ । यस्तै, काठमाण्डौ र बाहिरी जिल्लाका लागि दर्जन बढी शाखा इञ्चार्ज पनि मागिएको छ । केही संख्यामा कर्पोरेट सेल्स एण्ड मार्केटिंगतर्फका कर्मचारी तथा मुख्य कार्यालय र शाखा कार्यालयहरुको प्रशासन विभागमा रहने गरी काम गर्ने कर्मचारी पनि निकै ठूलो संख्यामा मागिएको छ । यो कम्पनीले प्रकाशित गरेको कर्मचारी आवश्यकता सम्बन्धी सूचनाको पूर्ण विवरण यस्तो छ:

संचालनमा रहेको रिलायवल माइक्रो फाइनान्सले पनि दर्जनौ कर्मचारी माग गर्दै आइतबार सूचना प्रकाशन गरेको छ । यो माइक्रो फाइनान्सले केही संख्यामा शाखा प्रमुख, केही वरिष्ठ सहायक, केही सहायक, केही कनिष्ठ सहायक, केही प्रशिक्षार्थी सहायकतर्फ दर्जनौ कर्मचारी मागेको हो । यो कम्पनीले प्रकाशित गरेको सूचनाको पूर्ण विवरण यस्तो छ:

यता, सिभिल लघुवित्त वित्तीय संस्थाले समेत केही कर्मचारी मागेको छ । यो संस्थाले सहायक पदमा केही कर्मचारी मागेको हो । प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा १ वर्ष वा एसएलसी उत्तिर्ण गरी लघुवित्तको क्षेत्रमा २ वर्ष काम गरेको अनुुभवप्राप्तलाई यो पदमा प्राथमिकता दिइने सूचनामा उल्लेख छ । यो कम्पनीले प्रकाशन गरेको सूचना यस्तो छ: