काठमाण्डौ । कोभिड संक्रमणको दोश्रो लहर तीव्र बनेसँगै बैंकहरुले आफ्नो सेवालाई सीमित गर्ने भएका छन् । 

अब बैंकका शाखाबाट ५ प्रकारका सेवा मात्र पाइने र सोहीअनुसार व्यवस्था मिलाउन वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसनले सदस्य बैंकहरुलाई निर्देशन दिएको छ । 

ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै शाखाहरुमा भीडभाड  नगर्न र जोखिम कम नर्गका लागि निषेधाज्ञा अवधिभरका लागि बैंकका शाखामार्फत खाताबाट नगद झिक्ने, खातामा नगद जम्मा गर्ने(रु. ५० हजारभन्दा माथि मात्रै), रकम स्थान्तरण गर्ने(चेक, आइपीएस र आरटीजीएस आदि), विप्रेषण भुक्तानी र अन्तराष्टिय व्यापारको सेवा मात्र प्रवाह हुने भएको छ । यीबाहेक अन्य सेवा तत्कालका लागि शाखाबाट नपाइने संघले प्रष्ट पारेको छ । 

यी पाँचबाहेक अन्य केही जरुरी भएमा बैंक शाखाका सम्पर्क व्यक्तिहरुको विवरण शाखा कार्यालय तथा बैंकको वेबसाइटमा समेत उपलब्ध हुने बताइएको छ । 

संघले एक विज्ञप्तिमार्फत नेपाल सरकारले अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आह्वानलाई मध्यनजर गर्दै सम्पूर्ण ग्राहकमा डिजिटल बैंकिङ्गको प्रयोग गरिदिन आग्रह गरेको छ । डिजिटल बैंकिङ्ग प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेलमार्फत सम्पर्क गर्न सकिनेछ ।

बैंकहरुका सबै एटीएम खुला रहनुका साथै बैंकका कल सेन्टरहरु समेत कार्यालय समयभर उपलब्ध हुने बताइएको छ।