काठमाण्डौ । तराइ मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अझै पनि आफूहरुको माग पूरा नभए बैशाखदेखि सशक्त आन्दोलनमा जाने चेतावनी दिएका छन् । 

बुधबार राजधानीमा तराई मधेस लोकतान्त्रिक पार्टीले आयोजना गरेको मधेस मुद्दा सम्बोधनको लागि प्रवुद्ध वर्गको भूमिका विषयक छलफलका क्रममा बैठकमा अध्यक्ष ठाकुरले आफुहरुले अघि सारेको ११ बँुदे मागका विषयमा प्रमुख दलहरुले कुनै ठोस धारण नल्याएर सहमति गर्ने छाँटकाँट नदेखाएको भन्दै पुनः आमहड्तालसहितको कडा आन्दोलनमा जाने तयारीमा आफूहरु लागेको बताएका हुन् ।

यसैगरी बैठकमा मनवअधिकारकर्मी, नागरिक समाजका अगुवा तथा बुद्धिजिवीहरुले तमलोपाले अब आन्दोलनको स्वरुप फेरेर सरकारलाई झक्झकाउनु आवश्यक रहेकाले सशक्त रुपमा अघि बढ्न सुझाव दिएका थिए । उनीहरुले नयाँ राजनीतिक ध्रुवीकरणको माझ मोर्चाको आन्दोलन चर्किनुपर्ने बताउँदै रणनीतिक रुपमा आफ्नो मागसमेत सम्बोधन गराउन सुझाव दिएका थिए ।

नागरिक समाजका अगुवा तथा बुद्धिजिवीहरुले आन्दोलनको स्वरुप परिवर्तन गरी अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।