काठमाण्डौ । नेपाल बैंक लिमीटेडले धितोपत्र बोर्ड र वार्षिक साधारणसभाबाट समेत स्वीकृत भइसकेको २३.७४ प्रतिशत हकप्रद आगामी बैशाख ७ गतेदेखि निश्कासन गर्ने भएको छ । 

बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै बैशाख ७ गतेदेखि निश्कासन हुने हकप्रदमा बैंकका सेयरधनीले जेठ १० गतेसम्म आवेदन दिन पाउनेछन् । 

नेपाल बैंक लिमीटेडले स्वीकृति २३.७४ प्रतिशत हकप्रदका लागि चैत २९ गतेलाई बुक क्लोजको मिति तोकेको छ । यो बैंकलाई धितोपत्र बोर्डले चैत १५ गते १०० बराबर २३.७४ का दरले हकप्रद निश्कासनको अनुमति दिएको थियो । 

चैत २८ गतेभित्र यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरु मात्र घोषित हकप्रद पाउन योग्य हुनेछन् । 

२०७३ जेठ २८ गते सम्पन्न नेपाल बैंकको ५६ औं वार्षिक साधारणसभाले २३.७४ प्रतिशत हुन आउने गरी कुल १ करोड ५४ लाख ३१ हजार ८ सय ४० कित्ता हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको थियो ।  हाल यो बैंकको चुक्तापूँजी ६ अर्ब ४९ करोड रुपैयाँ रहेकोछ । हकप्रद निश्कासनपछि ८ अर्ब ४ करोडको उचाईमा पुुग्नेछ ।