काठमाण्डौ । बोइङले अमेरिकाको सिकागोमा रहेको आफ्नो केन्द्रीय कार्यालय वासिङ्टन डीसीको एर्लिङटनमा स्थानान्तरण गर्ने भएको छ। केही विश्लेषकहरुले भने कम्पनीको यस निर्णयलाई गलत कदमको संज्ञा दिएका छन्।
बोइङ सन् १९१६ देखि २००१ सम्म अमेरिकाको पश्चिमी तटमा अवस्थित सियाटलमा रहेको थियो। चर्चाको शिखरमा रहेका बेला बोइङ सुरक्षित विमान निर्माण गर्ने इन्जिनियरिङमा आधारित कम्पनीका रुपमा परिचित थियो। तर, वायुसेवा उद्योगसँग सम्बन्धित जानकारहरुका अनुसार बोइङले बटम लाइनमा केन्द्रित भएपछि र सन् २००१ मा केन्द्रीय कार्यालय सियाटलबाट सिकागो स्थानान्तरण भएपछि कम्पनीको प्रतिष्ठामा आँच आएको छ।
अहिले कम्पनीको एर्लिङ्टनमा स्थानान्तरण हुने निर्णयले आलोचकहरुलाई थप मौका दिएको छ। पेन्टागन र कांग्रेस दुवैको प्रभावमा परेर बोइङले एयरबससँगको व्यावसायिक दौड गुमाएको र मुख्य रुपमा रक्षा र अन्तरिक्ष कन्ट्रयाक्टरका रुपमा सीमित भएको संकेत गरेको जनाइएको छ।
एअरबसले अल्बामा रहेको कारखानाबाट आफ्नो व्यावसायिक जेट विमानको उत्पादन वृद्धि गर्ने निर्णय गरेकै साता बोइङको यो निर्णय सार्वजनिक भएको हो। –एजेन्सी
33 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago