काठमाण्डौ । गत वर्षको बोनस सेयरका लागि गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बुधबार समायोजन गरिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ७ प्रतिशत बोनस सेयरका लागि गणपति माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले संस्थाको संस्थाको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४६२.६२ रुपैयाँ कायम गरेको छ । अब यही समायोजित मूल्यअनुसार नै संस्थाको सेयर कारोबारमा आउनेछ ।

संस्थाले आफ्नो तेस्रो वार्षिक साधारणसभा पुस ४ गते गर्दैछ । साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले आज बुधबारबाट मंसिर ४ गतेसम्म बुक क्लोज गरेको छ ।

सभामा यसअघि सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको चुक्ता पुँजी १० करोड ३५ लाख रुपैयाँको ७ प्रतिशतले हुन आउने ७२ लाख ४५ हजार मूल्यबराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश अर्थात ३ लाख ८१ ३१५.७९ रुपैयाँ गरी कुल ७६ लाख २६ हजार ३१५.७९ रुपैयाँ पारित हुनेछ ।

त्यस्तै सभामा विशेष प्रस्तावका रुपमा राखिने बोनस सेयरपछि हुन आउने चुक्तापुँजीको ११ करोड ७ लाख ४५ हजार रुपैयाँको ५० प्रतिशतले हुने अर्थात् २ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने अजेन्डा पनि पारित हुनेछ।