काठमाण्डौ । लामो समयपछि बोलिंगर ब्यान्डको मध्यब्यान्डलाई आज सेयर बजारको मूल्यरेखाले ब्रेकआउट गरेको छ। (हेर्नुहोस् हरियो एरो)

पछिल्लोपटक २९५० बाट झरेपछि बजारले पहिलोपटक बोलिंगर ब्यान्डको तल्लो विन्दुलाई छोएर फर्केन क्रममा यसअघि तीनपटकसम्म मध्यब्यान्डमा टेस्ट गरेर पुनः तल्लो ब्यान्डमै फर्केको थियो। तर, आज बजारले पहिलोपटक २ अर्बको कारोबार भोलुमसहित मध्यब्यान्डलाई ब्रेक गरेर माथि गएको छ। 

प्राविधिक रुपमा यसले अब बजारले अप ट्रेन्डको यात्रा तय गरेको बुझिन्छ। बजारमा प्राविधिक पक्ष केलाएर कारोबार गर्नेहरु मध्यब्यान्डको ब्रेकआउटपछि बजार छिर्ने भएकोले आज बजारमा कारोबार पनि बढेको हो। 

क्यान्डल स्टिकअन्तर्गत पनि आज दोस्रो दिन पनि बुलिस मारुबुजु क्यान्डल बनेको छ। 

आओरली चार्टमा डाउ थेउरीअन्तर्गत पनि बजार अघिल्लोपटकको लोअर लोभन्दा माथि बन्द भएर हायर हाई बनाउँदै गरेको देखिन्छ। यसले अब बजार माथिल्लो ब्यान्डलाई छुन नयाँ यात्रा तय गरेको र  बजार केही समय बढोत्तरी आउन सक्ने देखिन्छ। 

एमएसीडीअन्तर्गत बजार यसअघि नै बुलिस क्रसओभर बनेको छ भने आरएसआई पनि बढ्दो गतिमा ४७ को विन्दुमा पुगेको छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)