काठमाण्डौ । यो साता सेयर बजारमा आजसम्म ४ दिन कारोबार भएको छ। लगातार ३ दिन घटेको बजार आज भने सामान्य अंकले बढेको छ।
प्राविधिक रुपमा बोलिंगर ब्यान्डमार्फत बजारलाई हेर्दा दैनिक चार्टमा जनवरी १० मा अप्पर ब्यान्डलाई छोएर बजारले सुटिङ स्टार बनाएको देखिन्छ। त्यसपछि लगातार घटेको बजारले मंगलबारको कारोबारमा मध्य ब्यान्ड पनि छोडेर तल्लो ब्यान्डतर्फ आकर्षित भएको छ (हेर्नुहोस् कालो ऐरो)। तल्लो ब्यान्डको सपोर्ट भनेको लगभग २०६० को विन्दुमा पर्न जान्छ।
म्याक्डीमार्फत हेर्दा बजारले गत २६ जनवरीमा बनाएको बियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै छ। हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन्। यसले बजारमा बिक्रीचाप परेको बुझ्न सकिन्छ।
आरएसआईमार्फत हेर्दा बजार दैनिक चार्टमै ओभरबट जोनबाट खसेर हाल ५३ को न्युट्रल जोनमा रहेको छ। यसले पनि बजारमा बिक्री दबाब परेको बुझ्न सकिन्छ।
क्यान्डल स्टिकमार्फत हेर्दा आज नेप्सेमा स्पिनिङ टप क्यान्डल बनेको छ। यो क्यान्डलले अनिश्चितताको संकेत गर्छ।
यदि आगामी कारोबारमा बुलिस मारुबुजु क्यान्डल बन्छ र मध्य ब्यान्डभन्दा माथि जान्छ भने बजारमा बुलिस पिन बार बनेको बुझ्न सकिन्छ। त्यसपछि भने बजारको माथिको यात्रा तय गरेको भन्न सकिन्छ।
हालसम्म नेप्सेमा त्य अवस्था भने बनेको देखिँदैन।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago